Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

रुपन्देही, १८ वैशाख २०७९ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका-३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको मृत्यु भएको हो ।

उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए । उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने बताए ।

 

तपाईको प्रतिक्रिया