Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरादह, १२ चैत २०७९ । झापा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको गौरादह नगरपालिका र गौरीगंज गाउँपालिकामा स्थानीय निर्वाचनको मनोनयन दर्ता सुरु भएको छ। बैशाख ३० गते हुन गहिरहेको स्थानीय निर्वाचनमा मनोनयन दर्ताको पहिलो दिन राजनीतिक दल तथा स्वतन्त्र उमेदवारले मनोनयन दर्ता गरेका छन।

निर्वाचन अधिकृतका अनुसार गौरादह नगरपालिकामा वडा नं.३ बाट स्वतन्त्र उमेदवारका रुपमा दिलिप कुमार भण्डारीले वडाध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन। स्वतन्त्र पदका उमेदवार भण्डारी दर्जनौं संघ संस्थामा आबद्ध भइ समाज सेवाको काम गरि यश क्षेत्रमा परिचित छन।गौरादह उद्योग बाणिज्य संघको अध्यक्ष रहदा पुराण आयोजन गरि आर्थिक संकलन गरेर सामुदायिक भवन निर्माणको कार्य सुरुवात गरेका थिए। वडा नं.७ मा शिव कुमार सिवाकोटीले वडाध्यक्ष पदमा स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन।नेकपा एमालेले गौरादहको डिपु चौकमा घोषणा सभाको आयोजना गरि बाजागाजा सहित तामझामका साथ मनोनयन दर्ता गराउन निर्वाचन कार्यलय पुगेको थियो। नेकपा एमालेले मेयर उपमेयर सहित वडा नं.७ बाहेक सबै वडामा मनोनयन दर्ता गराएको छ।

पहिलो दिन नेकपा एमाले गौरादहले निर्वाचन अधिकृतको कार्यलय गौरादहमा मनोनयन दर्ता गरेको छ।एमालेले नगरको मेयर उपमेयर सहित ४२ पदमा मनोनयन दर्ता गरेको छ। निर्वाचन अधिकृत बिदुर कुमार कार्कीका अनुसार नेकपा एमालेले मेयरमा छत्रपति सुवेदी र उपमेयरमा जलबर्षा राजवंशीले मनोनयन दर्ता गराएको जनाएको छ। मेयर पदका उमेदवार छत्रपति सुवेदी यश अघि वडा नं.५ को वडाध्यक्ष थिएभने उपमेयर पदकी उमेदवार जलबर्षा राजवंशी वडा नं.८ को वडा सदस्य तथा नगर कार्यपालिका सदस्य थिइन। वडाध्यक्षहरुमा वडा नं. १ मा नगेन्द्र भण्डारी, वडा नं.२ मा डिल्लीराम काफ्ले, वडा नं.३ मा गजेन्द्र घिमिरे, वडा नं.४ मा दुर्गामणी बस्नेत, वडा नं.५ मा जगनाथ खनाल, वडा नं.६ मा प्रकाश पराजुली, वडा नं.८ मा भुमिराज पोख्रेल, वडा नं.९ मा उपेन्द्र निरौला सहित वडा सदस्यहरुले मनोनयन दर्ता गराएका छन। गौरादह नगरपालिकाको वडा नं.५ मा मंगोल नेशनल पार्टीले वडाध्यक्ष सहित ४ पदमा मनोनयन दर्ता गराएका छन। नेशनल पार्टीका राजेन्द्र सुब्बा चेम्जोङले वडाध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यलयले जनाएको छ।

गौरादह नगरपालिकामा २१ हजार ८ सय ४२ पुरुष र २१ हजार ७ सय २ महिला सहित ४३ हजार ५ सय ४४ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। बैशाख ३० गतेको निर्वाचनका लागि नगरपालिका भित्र २५ मतदान स्थल र ५५ मतदान केन्द्र राखिएको निर्वाचन अधिकृत कार्कीले जानकारी गराए।

गौरीगंज गाउँपालिकामा मनोनयन दर्ताको पहिलो दिन स्वतन्त्र उमेदवारको रुपमा वडा नं.३ को वडाध्यक्षमा अमरुद्विन मिया र वडा नं.२ को वडा सदस्य पदमा स्वतन्त्रबाट लेखराज डोटेलले मनोनयन दर्ता गराएका छन। गौरीगंज गाउँपालिकामा राप्रपाले बाजागाजा बजाएर कार्यकर्ताका सहित हर्ष उल्लासका साथ मनोनयन दर्ता गराएको छ। निर्वाचन कार्यलयमा यश अघि गाउँपालिकाको अध्यक्ष चलाइसकेका बाबुराजा श्रेष्ठले दोस्रो कार्यकालका लागि उमेदवारी दर्ता गराएका छन।

त्यसै गरि सोही पार्टीबाट उपाध्यक्ष पदमा रानी सोरेनले मनोनयन दर्ता गराएकी छन। राप्रपाले अध्यक्ष र उपाध्यक्ष सहित ६ वटै वडामा वडाध्यक्ष र वडा सदस्य सहित ४७ पदमा मनोनयन दर्ता गराएको छ। जनमत पार्टीबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा नं.२, ३ र ५ मा वडाध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरेको छ। जनमत पार्टीबाट अध्यक्षमा कौसिला देबि महत्तो र उपाध्यक्षमा गोपाल प्रसाद गिरीले मनोनयन दर्ता गराएका छन। वडा नं.३ को वडाध्यक्षमा कृष्ण मोहन मिश्र सहित वडा सदस्यहरुले मनोनयन दर्ता गराएका छन।गौरीगंज गाउँपालिकामा २३ हजार ४ सय ७४ मतदाता रहेको निर्वाचन अधिकृत भेषराज कोइरालाले जानकारी गराए। गाउँपालिका भित्र १५ मतदान स्थल र ३० मतदान केन्द्र रहेको अधिकृत कोइरालाले जानकारी गराए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया