Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

झगेन्द्र खड्का

गौरादह, ३० चैत २०७८ । टाइफाइड रोग बिरुद्ध नागरिकहरुलाई सुरक्षित राख्न राष्ट्रिय खोप अभियान अन्तर्गत संचालन गरिने टाइफाइड खोपको गौरादह नगरपालिकामा सम्पुर्ण तयारी पूरा भएको छ। गौरादह नगर स्वास्थ्य शाखाले नगर भित्र खोप अभियान संचालन गर्न प्रचारप्रसार तिब्र रुपमा गरिएको, खोप केन्द्र, खटिने कर्मचारी, खोपको भायल तयारी अवस्थामा रहेको नगर स्वास्थ्य शाखा सह-संयोजक गोबिन्द श्रेष्ठले जानकारी गराए।

पहिलो पटक संचालन गरिन लागिएको टाइफाइड रोग बिरुद्धको खोप १५ महिना देखि १५ बर्ष सम्मका ब्याक्तीहरुलाई लागाइने सह( संयोजक श्रेष्ठले बताए । गौरादह नगरपालिका भित्र रहेका १४ हजार ३ सय ४१ जनाले पहिलो चरणमा खोप लगाउने नगर स्वास्थ्य शाखाले जनाएको छ।गौरादह नगरपालिकामा खोप संचालन गर्न ४६ वटा खोप केन्द्र निर्धारण गरिएको छ।

साबिकका ५ वटा गाबिस मिलेर बनेको नगरपालिकामा साबिक गौरादह र महारानी झोडामा १२-१२, जुरोपानीमा १०, कोहवरा र बैगुन्धुरामा ६-६ वटा खोप केन्द्र निर्धारण गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ। खोप केन्द्रमा नागरिकहरुलाई सहज रुपमा खोप लगाउन १९ जना कर्मचारी खटिने जनाइएको छ।

बिशेष गरि १५ महिना देखि १५ बर्ष सम्मका ब्याक्तीहरु टाइफाइड रोगबाट बढी संक्रमित भेटिएकाले यही उमेर समुहलाई पहिलो चरणमा टाइफाइड बिरुद्धको खोप संचालन गरिएको जुरोपानी स्वास्थ्य चौकी प्रमुख हेम बहादुर अधिकारीले जानकारी गराए। देशका अन्य जिल्लामा चैत २५ गते देखि खोप लगाउन सुरु गरिएपनि गौरादह नगरपालिका भित्र २०७९ बैशाख ४ गतेबाट खोप लगाउन सुरु गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ।

खोप अभियानलाई सफल बनाउन विभिन्न चरणमा सरोकारवालाहरु सँग गोष्ठी संचालन गरिएको छ। संस्थागत तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापक, बिद्यालयका शिक्षिका, स्वयंसेवक र खोप समन्वय समितिहरुलाई गोष्ठी संचालन गरि खोप केन्द्रमा खोप लगाउन नानीहरूलाई सहभागी गराउन अनुरोध गरिएको छ। खानपान र दुसित पानीका कारण सर्ने टाइफाइड रोग लागेमा उपचार गरि निको हुन सकिएपनि खोप लगाएपछि रोग लागेपनि शरिरमा असर नगर्ने अभिमुखिकरण कार्यक्रममा सह-संयोजक श्रेष्ठले बताए।

टाइफाइड बिरुद्धको खोप गर्भवती, सुत्केरी, गम्भीर प्रकृतिका रोग लागेर ओछ्यान परेका र कोरोनाको भ्याक्सिन लगाएको १४ दिन नकटेका ब्याक्तीले खोप लागउन नमिल्ने श्रेष्ठले बताए। टाइफाइड रोग बिरुद्धको खोप सम्पन्न भइसकेपछि नियमित खोप कार्यक्रममा टाइफाइड बिरुद्धको खोप संचालन गरिने पनि श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments