Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024
इनरूवा, २८ कात्तिक । तले घरमा आगलागी हुदाँ ५० लाख भन्दा बढीको क्षति भएको छ ।
इनरूवास्थित सखुवागाछिमा रहेको सुरेन्द्र दुलालको आधा पक्की र काठको २ तले घरमा मंगलबार राती करिब सवा ८ बजे आगलागी भएको हो ।
आगलागीबाट ५० लाख बढीको क्षति भएको अनुमान प्रहरीले गरेको छ । आगलागीको कारण स्पष्ट हुन नसकेपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीय बताउँछन् ।
त्यस्तै
आगलागी हुँदा खोटाङमा घर जलेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका राजकुमार राईको घर जलेर नष्ट भएको हो ।
मंगलबार राती भएको आगलागीमा राईको पाँच लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ। रातको समय आगलागी भएको र पानी अभावका कारण आगोबाट घर तथा घरमा भएका थोकबस्तु जोगाउन नसकिएको स्थानीयले बताएका छन् ।
आगलागीमा घर जलेसँगै राई परिवारको बिचल्ली भएको छ। अकस्मात घरको धुरीमा देखिएको आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया