Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २८ चैत २०७८ । देशभर पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४४ जनाको नमुना परिक्षण गर्दा २२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमा पीसीआर विधिबाट ३ हजार ९ सय ७२ र एन्टिजेन विधिबाट १ हजार १ सय ७२ गरि ५ हजार १ सय ४४ जनाको नमुना परिक्षण गर्दा पीसीआर विधिबाट २२ जना संक्रमित थप भएको हो ।

आज एकै दिन ४६ जना निको भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६८ पुगेको छ । यस्तै, क्वारेन्टाइनमा १ सय ६ जना रहेका छन् । होम आइसोलेसनमा ५ सय ४४ जना संक्रमित रहेका छन् भने, संस्थागत आइसोलेसनमा २४ जना रहेका छन् । आइ.सि.यु मा ११ जना बिरामी उपचाररत रहेका छन् । १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित शुन्य भएका जिल्लाहरु १६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र १५ हजार ३ सय ५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९५१ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया