Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

 

दमक, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वा्धिक मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी बने । उनी दुइदिन विजयी सभामा व्यस्त रहेर मंगलवार साँझ नै काठमाण्डौ फर्किएका छन् । दुइदिनमा उनले दजनबढी सभा र र्यालीलाई सम्वोधन गर्न भ्याए ।

सोमवारका सभामा विपक्षि हारेका दललाई नआत्नि आग्रह गरेर आप्नो पक्षमा मत हाल्नेलाई धन्यवाद दिए । तर मंगलवारका सभाहरुमा उनले मतदातालाई धन्यवाद मात्र दिएनन्, अपेक्षा अनुसार भोट नआएको गुनासो पनि गरे ।

गौरादहमा आयोजित सभामा उनले भने, ‘यस ठाउँमा जस्तो भोट आउनुपथ्र्याे, त्यस्तो नआएको देखियो । यतिबेला पनि एमालेको पक्षमा भोट नआउनु, केपी ओलीलाई भोट नदिनु भनेको अचम्मको कुरा हो ।’ मतगणनालाई आफूले नजिकबाट हेरेको भन्दै उनले भने, यहाँका निकै धेरै मानिसहरुले केपी ओलीलाई भोट नदिएको देखियो । अचम्म लाग्यो अझै पनि केपी ओलीले पाउँछ भने त्यहाँ छाप नलगाएर रुख, ठूटा, बुट्टा खोजेर छाप लगाएको देखियो ।’

जसलाई भोट दिएपनि चुनावको प्रक्रियामा सहभागी भएकोमा भने उनले धन्यवाद दिए ।
सोहिदिन गौरिगञ्जमा आयोजित विजय सभामा पनि ओलीले अपेक्षा अनुसार भोट नआएको गुनासो गरे । यो क्षेत्रबाट आफूले चौथाई मात्र भोट पाएको भन्दै उनले भने, अरुको २३ सय आउँदा मेरो ५र६ आयो । देशमा एउटा लहर आउने, यही ठाउँमा अन्तअन्त भोट जानु भनेको जनताले नबुझेको हो । गल्ती नै गरेको हो ।’

यद्यपि यसले केही फरक नपरेको र सर्वा्धिक भोट ल्याउन त्यो मतले पनि काम गरेको उनले बताए ।
आफूलाई छाडेर अरुलाई भोट दिनुमा कार्यकर्ताको कमजोरी देखिएको भन्दै एमाले अध्यक्ष ओलीले अघि भने, ‘जनताका बीचमा जानुस्, सही कुरा बताउँनुस् ।’

तपाईको प्रतिक्रिया