Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

सुर्खेत, २३ चैत २०७८ । प्रहरीले वीरेन्द्रनगरमा लागुऔषध र डेढ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले आज बुधवार लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरमा कोठा भाडामा बस्दै आएका वीरेन्द्रनगर-१३ का २५ वर्षीय बर्ण बास बोहोरा र २८ वर्षीया भीमा तामाङ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट एक लाख ५६ हजार एक सय २० रुपैयाँ नगदसहित ब्राउन सुगर आठ ग्राम ६ सय ७० मिलिग्राम, सेतो हिरोइन सात ग्राम एक सय ४० मिलिग्राम बरामद गरेको छ । यस्तै उनीहरूको साथबाट दुई थान मोबाइल, एटीएम कार्ड र डिजिटल तराजु दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया