Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाण्डौ, २० चैत २०७८ । अबदेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप तीन महिनामै दिइने भएको छ । यसअघि खोपको पहिलो शृङ्खला पूरा गरेको ६ महिनापछि मात्रै बुस्टर मात्रा लगाउने गरिएकोमा अब तीन महिनामा बुस्टर मात्रा खोप दिइने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अब यदि कसैले खोपकोे प्राथमिक मात्रा लगाएको तीन महिना पुगेको भए बुस्टर मात्राको रूपमा अर्को मात्रा लगाउँदा हुन्छ ।

विभिन्न देशमा गरिएको अध्ययन र राष्ट्रिय खोप सल्लाहकार समितिले प्राविधिक रूपमा गरेको अध्ययनलाई आधार मानेर खोपको प्राथमिक मात्रा पूरा गरेकाहरूलाई तीन महिनामै बुस्टर खोप दिने निर्णय गरिएको दाहालले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो शृङ्खलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया