Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २० चैत २०७८ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घट्ने क्रम जारी रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना नयाँ संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशैभर आज ९आइतबार० ६ हजार ९ सय ९ नमुना परिक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर गरेर ८ सय ९९ जना संक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया