Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, १४ चैत २०७८ । सरकारले बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै चैत २५ गते देखि वैशाख १८ गतेसम्म देशभरका १५ महिनादेखि १५ वर्ष मुनि उमेर समूह भएका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने अभियान संचालन गर्ने निर्णय गरेको हो।

मन्त्रालयले बालबालिकालाई नजिकैको खोप केन्द्रमा टाइफाइड विरुद्धको खोप अनिवार्य लगाउन आग्रह गरेको छ। खोप लगाउने निश्चित मिति र स्थानको बारेमा जानकारी लिन स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यलयमा सम्पर्क गर्न मन्त्रालयलले आग्रह गरेको छ। साथै यस अभियान पश्चात् नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेस गरिनेछ र १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया