Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ४ चैत २०७८ । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि खराब ब्याटिङका कारण नेपालले आईसीसी विश्वकप लिग–२ मा घरेलु टोली युएईसँग पराजित भएको छ ।

मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल युएईसँग ४८ रनले पराजित हुन पुग्यो । १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५।१ ओभरमा १ सय २० रनमा अल आउट भयो ।

नेपालका रोहित कुमार पौडेलले ४६ रनको इनिङ खेले । खराब सुरुवात गरेको नेपाललाई रोहित र ज्ञानेन्द्र मल्लको साझेदारीले उकास्ने प्रयास गरेको थियो ।

ज्ञानेन्द्र मल्ल २८ रनमा आउट हुँदा ओपनर कुशल भुर्तेलले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । करन केसी ६, आसिफ शेख ७, दिपेन्द्र सिंह ऐरी ४, सोमपाल कामी ६, सन्दीप लामिछाने ७ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शुन्यमा आउट भए ।

यूएईको जितमा बसिल हमिदले ४ तथा जुनाइद सिद्दिकीले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा १ सय ६८ रन बनाउँदा अलआउट भयो । सोमपाल कामीको उत्कृष्ट बलिङमा यूएई दबाबमा परेको थियो । ९ ओभर बलिङ गरेका सोमपालले ४ विकेट लिए । करण केसी ३ विकेट लिँदा सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र सागर ढकालले समान १ विकेट लिए । जितसँगै यूएई लिग तालिकामा १६ खेलमा ९ जित निकाल्दै दोस्रो स्थानमा यथावत रहेको छ । नेपाल १० खेलमा ५ जित निकाल्दै तालिकाको छैठौं स्थानमा छ ।

 

तपाईको प्रतिक्रिया