Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, ३ चैत २०७८ । झापाको कमल गाउँपालिका-३ केर्खाको खेल मैदानमा जारी प्रदेश स्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको अन्तिम फाइनल खेल बिहिबार(आज)हुँदैछ । सो प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजेदेखि हुने खेलकुद विकास समितिले जनाएको छ । आज हुने फाइनल खेलमा टेम्के फुटबल क्लब धरान,सुनसरी र ए.पी.एफ पकली सुनसरी बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतियोगिताको आइतबार भएको पहिलो सेमीफाइनल खेलमा टेम्के फुटबल क्लबले रेडहर्ष फुटबल क्लब इलामलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने, सोमबार भएको दोस्रो सेमी फाइनल खेलमा ए.पी.एफ पकलीले धुलाबारी फुटबल एकाडेमीलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा र कमल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको वित्तिय सहयोगमा फागुन २५ गते बुधबार देखि प्रतियोगिता सुरु भएका थियो । प्रतियोगितामा प्रदेशका ८ वटा टिमले सहभागिता जनाएका थिए ।

आज सम्पन्न हुने फाइनल खेलको विजेता टोलिले नगद २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १ लाख सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया