Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २७ फागुन २०७८ । झापाको गौरादहमा कोरोना भाइरस विरुद्धको मोर्डनाका खोप लगाइने भएको छ । खोप कार्यक्रम ३ दिन सम्म सञ्चालन हुने भएको छ । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले यहि फागुन २६ गते सूचना जारी गर्दै फागुन २९, ३० र चैत १ गते सम्म खोप लगाइने जनाएको हो ।

गौरादह नगरपालिका भित्र रहेका अहिले सम्म कुनै पनि खोप नलगाएकालाई पहिलो मात्रा लगाइने भएको छ भने, पहिलो मात्रा लगाएका २८ दिन भएकालाई दोस्रो मात्रा लगाइने भएको छ । यस्तै, दोस्रो मात्रामा एस्ट्राजेनेका/कोभिशिल्ड/भेरोसेल लगाउनेहरुका लागि दोस्रो मात्रा लगाएको ६ महिना पुरा भएकाहरुलाई बुस्टर डोज लगाइने जनाएको छ ।
खोप लगाउनका लागि फागुन २९, ३० र चैत १ गते सम्म गौरादह नगरपालिकाको कार्यालयमा खोप कार्ड सहित खोप लगाउन आउन अनुरोध गरिएको छ । खोप लगाउने समय बिहान ११ देखि ४ बजे सम्म तोकिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया