Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले देउवाले नेतृत्व अरुलाई दिनुपर्ने अभिव्यक्ति दिएको तीन दिन नबित्दै केन्द्रिय सदस्य बालकृष्ण खाँणले तत्काल पार्टी नेतृत्व परिवर्तन सम्भव नभएको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता खाँणले निर्वाचनमा पार्टीले व्यहोरेको हारको जवाफदेहिता पार्टी सभापति शेरबहादुर देउवाले मात्रै नभएर सबैले लिनुपर्ने भन्दै त्त्काल नेतृत्व परिवर्तन नहुने बताएका हुन् । ‘अहिले कसैले पार्टी सभापतिको विरुद्धमा अभिव्यक्ति दिँदैमा केही हुनेवाला छैन,’ उनले भने, ‘पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भनेको पनि सुनियो, तर यस्तो भन्ने नैतिक अधिकार उहाँलाई पनि छैन, प्रचारप्रसार समितिको संयोजक गगन थापाजी पनि हो, उहाँले पनि पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ, यो त सामूहिक जवाफदेहिताको कुरा हो, मैले आफ्नो ठाउँबाट लिनुपर्ने जवाफदेहि म लिन्छु, अब केन्द्रिय समितिमा यो विषयमा कसैले कुरा राख्छ भने छलफल हुनसक्छ, तर नेतृत्व फेरबदल हुँदैन, बरु पार्टीलाई एकजुट भएर अघि बढाउँछौं।’

पार्टी सभापति देउवाले चाहे उहाँ आँफै संसदीय दलको नेता बन्ने समेत स्पष्ट पार्दै उनले पार्टी सभापति देउवालाई थप बल पुर्याएर आगामी दिनमा अझै शक्तिशाली र बलियो पार्टी बनाउन सबै नेताहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया