Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २८ माघ २०७८ । देशभर पछिल्लो २४ घण्टामा १ हजार १ सय २८ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १७ हजार ४ सय ४७ र एन्टिजेन परिक्षणबाट ३ हजार ५ सय ४२ जना गरी २० हजार ९ सय ८९ जनामा परिक्षण गर्दा १ हजार १ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमा पीसीआर परिक्षणबाट ६ सय ६६ र एन्टिजेन बाट ४ सय ६२ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ७२ हजार १ सय ४१ र एन्टिजेन परिक्षणबाट १ लाख ३६ हजार ९ सय ७३ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ९ हजार १ सय १४ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ३२ हजार ८ सय २२ जना पुगेको छ ।

अहिले नेपालमा २७ हजार ४ सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार २ सय ६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल १ सय ९ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । २६ हजार ४ सय ५० जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ सय ९१ जना संक्रमित रहेका छन् । यस्तै, २ सय ६ जना संक्रमित आइ।सी।युमा र ३६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ७८ जना पुगेको छ । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा सहित १३ जिल्ला रहेका छन् । २ सय भन्दा बढि भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या शुन्य भएको जिल्ला मनांग रहेको छ ।

 

तपाईको प्रतिक्रिया