Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, २५ माघ २०७८ । मेची अस्पताल भद्रपुरमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै महिला हुन् । बिर्तामोड नगरपालिका ८ की २८ वर्षिया महिलाको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने मेची अस्पतालमै इलामकी ६५ वर्षिया महिलाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा लगातार कोरोना सङ्क्रमितको मृत्यु हुँदै आएको छ । सोमबार अर्जुनधारा ९ की ४५ वर्षिया महिलाको मृत्यु भएको थियो । हालसम्म झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६७१ पुगेको छ ।
यसैबिच मंगलबार झापामा १७ महिला र १४ पुरुष गरी ३१ जना नयाँ संक्रमित थपिएका छन् । मङ्गलवारसम्म जिल्लामा १११३ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये १४ जना अस्पताल भर्ना भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया