Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २४ माघ २०७८ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७० जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ८ सय ७४ र एन्टिजेन परिक्षणबाट ३ हजार ४ सय ९१ जना गरी ११ हजार ३ सय ६५ जनामा परिक्षण गर्दा १ हजार ५ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार २२ र एन्टिजेन बाट ५ सय ४८ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ६७ हजार ४ सय २७ र एन्टिजेन परिक्षणबाट १ लाख ३४ हजार ८ सय ३२ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २ हजार २ सय ५९ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ६ हजार १ सय ४६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख १५ हजार ४ सय ८९ जना पुगेको छ ।

अहिले नेपालमा ४० हजार १ सय ११ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ७८ हजार ५ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल १ सय ३७ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । ३८ हजार ८ सय ८३ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार २ सय २८ जना संक्रमित रहेका छन् । यस्तै, २ सय ५५ जना संक्रमित आइ।सी।युमा र ४२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय २७ जना पुगेको छ । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा सहित १३ जिल्ला रहेका छन् । २ सय भन्दा बढि भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या शुन्य भएको जिल्ला मनांग रहेको छ ।

 

तपाईको प्रतिक्रिया