Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

शान्ति सुब्बा
गौरादह, १९ माघ २०७८ । झापाको गौरादहमा आईतबार ७ सय भन्दा बढीले कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाएका छन् । साउन र भदौ महिनामा दोस्रो मात्रा पुरा गरेका अग्रपंत्तिमा खटिनेहरुलाई पहिलो प्राथमिकतामा राख्दै खोप लगाइएको हो ।

यहि माघ १६ गते अग्रपंत्तिमा  खटिनेहरुका लागि पहिलो पटक सुरु गरिएको कोभिड-१९ विरुद्धको बुस्टर डोज ९ वटै वडाका ७ सय ८० जनाले उक्त खोप लगाएको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । जसअन्तर्गत ४ सय २ जना महिला र ३ सय ७८ जना पुरुषले बुस्टर डोज लगाएको जनाइएको छ ।

उक्त दिन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, शिक्षक, सुरक्षाकर्मी, बैंक वित्तिय संस्थाका कर्मचारी, सरसफाईका कर्मचारी, एम्बुलेन्स, दमकल, शव वाहनका ड्राइभरले बुस्टर डोज लगाएको जनाइएको छ । अग्रपंत्तिमा खटिनेहरुका लागि बुस्टर डोज लगाउनका लागि गौरादह नगर स्वास्थ्य शाखाले सूचना समेत जारी गरेको थियो । हाल गौरादह नगरपालिका भित्र यहि माघ १६ गते बाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि मोर्डना खोप सञ्चालनमा रहेको छ ।

उक्त खोप कार्यक्रम माघ २१ गते सम्म सञ्चालन हुने जनाइएको छ । यस्तै, अब थप भ्याक्सिन प्राप्त भएपछि निर्णय गरेर बुस्टर डोज सञ्चालनमा ल्याइने जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया