Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

झापा, १७ माघ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १० हजार ३ सय ६८ र एन्टिजेन परिक्षणबाट ५ हजार ७ सय २० जना गरी १६ हजार ८८ जनामा परिक्षण गर्दा ५ हजार २ जनामा ९२ कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमा पीसीआर परिक्षणबाट ३ हजार ४ सय ७२ र एन्टिजेन बाट १ हजार ८ सय २० जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ५३ हजार ९ सय १३ र एन्टिजेन परिक्षणबाट १ लाख २८ हजार ७ सय ५५ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ८२ हजार ६ सय ६८ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ८ हजार १ सय ९१ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ६२ हजार ८ सय ९८ जना पुगेको छ ।

अहिले नेपालमा ७९ हजार २ सय ७२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजार ६ सय ३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल १ सय ४१ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । ७७ हजार ६ सय ६५ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय ७ जना संक्रमित रहेका छन् । यस्तै, २ सय ८८ जना संक्रमित आइ.सी.युमा र ५० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय ४३ जना पुगेको छ । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा सहित १८ जिल्ला रहेका छन् । २ सय भन्दा बढि भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।

 

तपाईको प्रतिक्रिया