शान्ति सुब्बा
गौरादह, १६ माघ २०७८ । झापाको गौरादहमा आज(आईतबार)बाट बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको मोर्डनाका खोप लगाइने भएको छ । खोप १६ देखि २१ गते सम्म सञ्चालन हुने भएको छ । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले यहि माघ १३ गते सूचना जारी गर्दै आज(आइतबार) बाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई खोप लगाइने जनाएको हो ।
विद्यालय जाने नजाने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुले खोप लगाउन पाउने गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । सह-संयोजक श्रेष्ठले जन्म दर्तालाई आधार मानेर खोप लगाउने व्यवस्था गरिएको बताउँदै विद्यालय नजाने बालबालिकाहरुले आफूलाई पायक पर्ने खोप केन्द्रमा आएमा खोप लगाइने व्यवस्था गरिएको बताउनुभयो । विद्यालय जाने बालबालिकाको हकमा भने, जन्म मिति खुल्ने कागजात सबै विद्यालयबाट उपलब्ध भैसकेकोले सोहि आधारमा खोप लगाइने श्रेष्ठले बताउनुभएको छ ।
खोप लगाउनका लागि आज १६ गते आइतबार वाड नंं. १ का लागि जनता मा.वि., माउण्ट एभरेष्ट अंग्रेजी मा.वि का विद्यार्थीहरुका लागि माउण्ट एभरेष्ट मा.वि मा खोप केन्द्र तोकिएको छ । आज नै वार्ड नं. ७ का लागि नमुना ईंग्लिस स्कुलका विद्यार्थिहरुका लागि नमुना ईंग्लिस स्कुलमा खोप केन्द्र तोकिएको छ । समय बिहान ११ देखि ४ बजे सम्म तोकिएको छ ।
यस्तै, १७ गते सोमबार वार्ड नं.१ का लागि मोति मा.वि, लाल जनकल्याण आ.वि, रचनाका विद्यार्थीहरुका लागि मोति मा.वि मा खोप केन्द्र तोकिएको छ । समय ११ बजेदेखि २ बजे सम्म तोकिएको छ । गोल्डेन सनराइजका विद्यार्थीहरुका लागि गोल्डेन सनराइज खोप केन्द्र तोकिएको छ भने, समय २ देखि ५ बजे सम्म तोकिएको छ । सोहि दिन वार्ड नं. ४ का लाग डोरामारी मा.वि., एस.आई.आर मेमोरियल, कृष्ण राधा बोर्डिङका विद्यार्थिहरुका लागि डोरामारी मा.वि खोप केन्द्र तोकिएको छ । सोहि दिन वार्ड नं. ६ का लागि जनज्योति मा.वि., शहिद निःशुल्क आ.वि., दामुना विद्या मन्दिर, भानुभक्त एकेडेमीका विद्यार्थीहरुका लागि जनज्योति मा.वि. खोप केन्द्र तोकिएको छ । सोहि दिन वार्ड नं. ७ का लागि ईमिनेन्ट कंचनजंघा बोर्डिङ स्कुल, श्री आ.वि का विद्यार्थीहरुका लागि इमिनेन्ट कंचनजंघा बोर्डिङ खोप केन्द्र तोकिएको छ । समय ११ देखि ४ बजेसम्म तोकिएको छ ।
यस्तै, १८ गते वार्ड नं. २ का लागि अमर मा.वि.का विद्यार्थीहरुका लागि अमर मा.वि खोप केन्द्र तोकिएको छ । समय दिउँसो २ देखि ५ बजे सम्म तोकिएको छ । सोहि दिन ज्ञान ज्योति मा.वि.का विद्यार्थीहरुका लागि ज्ञान ज्योति मा.वि. खोप केन्द्र तोकिएको छ । समय बिहान ११ देखि २ बजेसम्म तोकिएको छ । सोहि दिन वार्ड नं. ४ का लागि जनमैत्री बोर्डिङ, कंचनजंघा आ.वि., जनता आ.वि., भिमसेन आ.वि. का विद्यार्थीहरुका लागि जनता आ.वि. थामीडाँडा खोप केन्द्र तोकिएको छ । सोहि दिन वार्ड नं. ६ का लागि जनता आ.वि. का विद्यार्थीहरुका लागि स्वास्थ्य चौकी भवन खोप केन्द्र तोकिएको छ । सोहि दिन वार्ड नं. ८ का लागि प्रगति मा.वि., अरुणोदय प्रा.वि., वैराती प्रा.वि., न्यू भिजन ईंग्लिस स्कुलका विद्यार्थीहरुका लागि प्रगती मा.वि. खोप केन्द्र तोकिएको छ । सोहि दिन वार्ड नं. ९ का लागि अमर मा.वि., बैगुन्धुरा बोर्डिङ स्कुल, श्री प्रा.वि. का विद्यार्थीहरुका लागि बैगुन्धुरा बोर्डिङ खोप केन्द्र तोकिएको छ । समय बिहान ११ देखि ४ बजे सम्म तोकिएको छ ।
यस्तै, १९ गते मंगलबार वार्ड नं. २ का लागि प्रज्वल कलेजियट एकेडेमि, विद्योदय मा.वि, सरस्वती आ.वि का विद्यार्थीहरुका लागि विद्योदय मा.वि खोप केन्द्र तोकिएको छ । वार्ड नं. ५ का लागि स्कुलचौन मा.वि., सनसाईन मा.वि., मदन आश्रित मा.वि., जन ज्योती आ.वि, न्यू भिजन आ.वि का विद्यार्थीहरुका लागि स्कुलचौन मा.वि खोप केन्द्र तोकिएको छ । सोहि दिन वार्ड नं. ७ का लागि गेउरिया आ.वि, सर्जक ईंग्लिस स्कुल, भारती आ.वि का विद्यार्थीहरुका लागि गेउरिया आ.वि खोप केन्द्र तोकिएको छ । सोहि दिन वार्ड नं.९ का लागि लेखनाथ आ.वि, सिद्धिदाता आ.वि, बलभद्र आ.वि का विद्यार्थीहरुका लागि बैगुन्धुरा स्वास्थ्य चौकी खोप केन्द्र तोकिएको छ । खोप लगाउने समय बिहान ११ देखि ४ बजे सम्म तोकिएको छ ।
यस्तै, २० गते बुधबार वार्ड नं. ३ का लागि दुर्गा देवी आ.वि, सूर्योदय आ.वि का विद्यार्थीहरुका लागि सूर्योदय आ.वि खोप केन्द्र तोकिएको छ । समय बिहान ११ देखि २ बजेसम्म तोकिएको छ । सोहि दिन वार्ड नं. ३ कै लागि रेड स्टार, हिमालय फाउण्डेसन का विद्यार्थीहरुका लागि वडा कार्यालय खोप केन्द्र तोकिएको छ । समय दिउँसो २ देखि ५ बजे सम्म तोकिएको छ । सोहि दिन वार्ड नं. ५ का लागि जनता मा.वि, सन लाईट बोर्डिङका विद्यार्थीहरुका लागि जनता मा.वि वालुवथान खोप केन्द्र तोकिएको छ । समय बिहान ११ देखि ४ बजे सम्म तोकिएको छ ।
यस्तै, २१ गते बिहिबार वार्ड नं. ५ का लागि भद्रकाली मा.वि, खबरवारी आ.वि, सूर्य किरण बोर्डिङ, बाल विद्या बोर्डिङका विद्यार्थिहरुका लागि भद्रकाली मा.वि खोप केन्द्र तोकिएको छ । समय बिहान ११ देखि ४ बजे सम्म तोकिएको छ ।
यसैबीच, सावन र भदौ महिनामा दोस्रो खोप लगाएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, शिक्षक, सुरक्षाकर्मी, बैक वित्तिय संस्था, सरसफाइका कर्मचारी, एम्बुलेन्स, दमकल, शव वहानका डाइभर लगायतलाई वुस्टर डोज लगाइने गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । खोप गौरादह नगरपालिकामा लगाइने भएको छ । खोप लगाउनका लागि बिहान ११ बजे देखि ३ बजे सम्म तोकिएको छ भने, खोप लगाउन जाँदा दोस्रो मात्रा खोप लगाएको खोपकार्ड लिएर जानुपर्ने जनाइएको छ । यस्तै, ६० वर्ष माथिकालाई भने थप भ्याक्सिन आएपछि लगाइने बताइएको छ ।