Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

२५ कात्तिक । सरकारले किसान पेन्सन योजना सार्वजनिक गरेको ६ महिना पूरा भएपनि कार्यान्वयन हुन सकेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले न्यून आय भएका तथा सिमान्तकृत किसानलाई लक्षित गरी योगदानमा आधारित किसान पेन्सन योजना ल्याएको थियो ।

तर, कार्यक्रम ल्याएको लामो समय भइसक्दा पनि आवश्यक कार्य्विधि अभावमा कार्यान्वयन हुन सकेको छैन । कृषि मन्त्रालयले किसान पेन्सन योजना लागू गर्न राष्ट्रिय किसान आयोगलाई ठोस कार्य्विधि निर्माणका लागि जिम्मेवारी दिएको थियो ।

आयोगले कार्य्विधि सहितको आफ्नो प्रतिवेदन मन्त्रालयलाई बुझाइकेको भएपनि किसान पेन्सन कार्यक्रम भने अझै कार्यान्वयन हुन सकेको छैन । आयोगले दिएको प्रतिवेदनको आधारमा किसान पेन्सन कार्यक्रम लागू गर्ने कि अरु थप आधार तयार गर्ने भन्ने विषयमा अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री र अर्थ मन्त्रालयसंगको समन्वयमा मात्र कार्यक्रम सञ्चालन गर्न सकिने भएकाले थप गृहकार्य भइरहेको कृषि मन्त्रालयको भनाई छ ।

तपाईको प्रतिक्रिया