Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, १४ माघ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १३ हजार ७ सय ९१ र एन्टिजेन परिक्षणबाट ६ हजार ७८ जना गरी १९ हजार ८ सय ६९ जनामा परिक्षण गर्दा १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमा पीसीआर परिक्षणबाट ४ हजार ८ सय ७ र एन्टिजेन बाट २ हजार २० जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ४४ हजार ७४ र एन्टिजेन परिक्षणबाट १ लाख २४ हजार ८ सय ५८ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख २९ हजार ३ सय ३२ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ३२ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ४२ हजार ४ सय ३६ जना पुगेको छ ।

अहिले नेपालमा ८९ हजार ९ सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ लाख २८ हजार ५ सय ६३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल १ सय ३९ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार ८ सय ५७ जना संक्रमित रहेका छन् । यस्तै, २ सय ५६ जना संक्रमित आइ।सी।युमा र ४५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ९७ जना पुगेको छ । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा सहित २० जिल्ला रहेका छन् । २ सय भन्दा बढि भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।

 

तपाईको प्रतिक्रिया