Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ११ माघ २०७८ । देशभर एकैदिन १२ हजार ८ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १८ हजार १ सय ३ र एन्टिजेन परिक्षणबाट ७ हजार ८ सय ६ जना गरी २५ हजार ९ सय ९ जनाको नमूना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमा पीसीआर परिक्षणबाट ९ हजार ४ सय ३२ र एन्टिजेन बाट २ हजार ५ सय ७६ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख २७ हजार ८ सय ८० र एन्टिजेन परिक्षणबाट १ लाख १७ हजार ७ सय ५४ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ४५ हजार ६ सय ३४ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४० जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख २७ हजार २ सय ७९ जना पुगेको छ ।

अहिले नेपालमा ८८ हजार ९ सय ३४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८ सय ५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल १ सय ६५ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । ८७ हजार १ सय १७ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार ८ सय १७ जना संक्रमित रहेका छन् । यस्तै, २ सय ४५ जना संक्रमित आइ।सी।युमा र ४४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ६७ जना पुगेको छ । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा सहित १५ जिल्ला रहेका छन् । २ सय भन्दा बढि भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।

 

तपाईको प्रतिक्रिया