Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १० माघ २०७८ । देशभर आज १० हजार ३ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर परिक्षणबाट १६ हजार ६ सय ५४ र एन्टिजेन परिक्षणबाट ४ हजार ५ सय ४७ जना गरी २१ हजार २ सय १ जनाको नमूना परीक्षण गर्दा एकैदिन १० हजार ३ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमा पीसीआर परिक्षणबाट ८ हजार ५४ र एन्टिजेन बाट २ हजार २ सय ६५ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख १८ हजार ४ सय ४८ र एन्टिजेन परिक्षणबाट १ लाख १५ हजार १ सय ७८ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ३३ हजार ६ सय २६ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख २४ हजार २ सय ३९ जना पुगेको छ ।

अहिले नेपालमा ८२ हजार ५ सय ५० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ३ सय ७१जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल १ सय ४९ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । ८० हजार ७ सय ७९ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार ७ सय ७१ जना संक्रमित रहेका छन् । यस्तै, २ सय ३८ जना संक्रमित आइ।सी।युमा र ४३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५९ जना पुगेको छ । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा सहित १५ जिल्ला रहेका छन् । २ सय भन्दा बढि भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् ।

 

तपाईको प्रतिक्रिया