Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ८ माघ २०७८ । नेपालमा दैनिक रेकर्ड तोड्दै गएको ओमिक्रोन संक्रमण आगामी केही साता झन उच्च रुपमा बढ्ने देखिएको छ । अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढे पनि ओमिक्रोन संक्रामक रुपमा फैलिदा अस्पतालमा जनशक्तिको अभाव भएको छ । सबै अस्पतालमा नर्स, स्वास्थ्यकर्मी र चिकित्सक संक्रमित हुँदा उपचारमा समस्या हुन थालेको हो भने केही अस्पताले सेवा बन्द गर्न बाध्य भएका छन् ।

कोरोना संक्रमणको तेस्रो लहरसम्म पनि सरकारले स्वास्थ्यकर्मी र चिकित्सकको दरबन्दी थप नगर्दा जनशक्तिको प्रत्यक्ष अभाव देखिएको छ । पहिलो र दोस्रो लहरको संक्रमण नियन्त्रण बाहिर पुग्दा जनशक्तिको अभावमा उपचार प्रणाली नै प्रभावित बनेको थियो । त्यसबेला सबै प्रदेशले करारका चिकित्सकबाट तात्कालिन आवश्यकता पूरा गरेका थिए । तेस्रो लहरसम्म आइपुग्दा करारकै चिकित्सकको भरमा स्वास्थ्य क्षेत्र धानिएको छ । संक्रमण तीब्र गतिमा बढेको र चिकित्सक आफै संक्रमित हुने क्रम थपिँदा उपचार प्रणालीमै समस्या देखिन थाल्यो ।

ओमिक्रोन संक्रमणको गतिलाई सरकारले नजरअन्दाज गरी व्यवस्थापनमा चुक्दा मुलकभरकै सयौं चिकित्सक र स्वास्थ्यकर्मी धमाधम कार्यक्षेत्रमै संक्रमित छन् । त्यस्को वैकल्पिक व्यवस्थाबारे कसैले सोचेको छैन । केही अस्पतालमा सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ । जसले तेस्रो लहरको संक्रमणमा पुन जनशक्ति अभाव कै समस्या दोहोरिएको छ । सरुवारोग विशेषज्ञ डा। शेरवहादुर पुन दोस्रो लहरमा धेरै व्यक्ति अस्पताल भर्ना भएर उपचार प्रणाली प्रभावित बनेको र तेस्रो लहरमा धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा हुन जनशक्ति अभाव देखिएको बताउनुहुन्छ ।

काठमाडौंका मुख्य ठुला वीर, ट्रमा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयले हाल २० प्रतिशत बढी चिकित्सक र नर्स संक्रमित भएको जनाएको छ । स्वास्थ्य सचिव रोशन पोखरेल जनशक्तिको अभाव हुनसक्ने प्रक्षेपण गर्नुहुन्छ ।

सरकारीतर्फ ३५ हजार स्वास्थ्यकर्मीको दरवन्दी छ । तर दरवन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी सरकारले राखेको छैन् । बरु महामारीमा खट्न ६ महिने करारमा २ हजार बढी चिकित्सक भर्ना ग¥यो । समयमा नै स्वास्थ्यकर्मी व्यवस्थापन राम्रोसँग नगर्दा महामारी नियन्त्रणमा पटक पटक लापर्वाही गर्दै आएको सरकारले फेरि त्यही नियति दोहो¥याउनु आफैंमा लाजमर्दो विषय हो ।ईमेजखरबाट साभार

तपाईको प्रतिक्रिया