Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ८ माघ २०७८ । देशभर कोरोनाका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५१ जना पुगेको छ । पीसीआर परिक्षणबाट १४ हजार ४ सय ६२ र एन्टिजेन परिक्षणबाट ५ हजार ७ सय २५ जना गरी २० हजार १ सय ८७ जनाको नमूना परीक्षण गर्दा एकैदिन १० हजार २ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमा पीसीआर परिक्षणबाट ८ हजार २ सय १२ र एन्टिजेन बाट २ हजार ४२ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ४ हजार ७ सय ९६ र एन्टिजेन परिक्षणबाट १ लाख १२ हजार ४९ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख १६ हजार ८ सय ४५ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख २० हजार २ सय ८३ जना पुगेको छ ।

अहिले नेपालमा ७२ हजार ८ सय ६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ८ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल १ सय ४९ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । ७१ हजार २ सय ६१ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार ६ सय १ जना संक्रमित रहेका छन् । यस्तै, २ सय १० जना संक्रमित आइ।सी।युमा र ३७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा सहित १५ जिल्ला रहेका छन् । २ सय भन्दा बढि भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् ।

तपाईको प्रतिक्रिया