Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ६ माघ २०७८ । देशभर आज १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर परिक्षणबाट २१ हजार ७ र एन्टिजेन परिक्षणबाट ६ हजार ४ सय ९० जना गरी २७ हजार ४ सय ९७ जनाको नमूना परीक्षण गर्दा एकैदिन १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नयाँ संक्रमित थप भएसँगै पीसीआर र एन्टिजेन परिक्षणबाट गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९५ हजार ८ सय ८८ जना पुगेको छ ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा ६ सय ४९ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १८ हजार ८ सय ९ जना पुगेको छ । आज थप ४ जनाले कोरोना का कारण ज्यान गुमाएका छन् । यो सँगै कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ३२ जना पुगेको छ ।

अहिले नेपालमा ५७ हजार ३ सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २ सय १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल १ सय २५ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । ५५ हजार ८ सय ३६ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार ४ सय ९२ जना संक्रमित रहेका छन् । यस्तै, १ सय ८६ जना संक्रमित आइ।सी।युमा र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा सहित १४ जिल्ला रहेका छन् । २ सय भन्दा बढि भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् ।

 

तपाईको प्रतिक्रिया