Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

विराटनगर, ५ माघ २०७८ । प्रदेश १ मा बुधबार एकै दिन ८ सय ९१ जना संक्रमित थपिएका छन् । यो मंगलबारको भन्दा १ सय ८० ले कम हो । मंगलबार प्रदेशमा १ हजार ७१ जनामा संक्रमण पुष्टि भएको थियो ।

सामाजिक विकास मन्त्रालयको कोभिड–१९ दैनिक प्रतिवेदन अनुसार मोरङ र सुनसरीमा १र१ जना पुरुषको मृत्यु भएको छ । मंगलबार प्रदेशमा २ महिला र १ पुरुषको मृत्यु भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न अस्पतालका जेनरल बेडमा ३ जना, आईसीयूमा २६, भेन्टिलेटरमा ७ र एचडीयूमा ३१ गरी ६७ जनाको उपचार भइरहेको छ ।

साथै होम आइसोलेसनमा ३ हजार ६ सय ५९ संक्रमित रहेको मन्त्रालयले जनाएको छ । प्रतिवेदन अनुसार १ हजार १ सय १२ को पीसीआर परीक्षण गरिँदा ६ सय ७७ (६०.८८) प्रतिशत र ५ सय ६३ को एन्टिजेन जाँच हुँदा २ सय १४ (३८.०१ प्रतिशत) संक्रमित देखिएका छन् । मंगलबारको तुलनामा दुवैमा संक्रमण दर बढी हो ।

मंगलबार १ हजार ५ सय ५७ को पीसीआर गरिँदा ९ सय २१ (५९.१५ प्रतिशत) र ५ सय ७ को एन्टिजेन जाँच हुँदा १ सय ५० (२९.५९ प्रतिशत) संक्रमित देखिएका थिए ।

पीसीआर परीक्षणमा विराटनगरका २ सय ४० सहित मोरङका २ सय ६८, धरानका १ सय ७६ सहित सुनसरीका २ सय ८०, बिर्तामोडका १७ सहित झापाका ६८, धनकुटाका १५, भोजपुर, पाँचथर र ताप्लेजुङका १र१ जना, उदयपुर, संखुवासभा र इलामका २र२ जना र प्रदेश बाहिरका जिल्लाका ३७ संक्रमित देखिएका छन् ।

एन्टिजेन परीक्षणबाट संक्रमित देखिएका २ सय १४ मध्ये ९५ जना मोरङका, ४९ जना झापाका, १५ जना सुनसरीका, २४ इलामका, १२ तेह्रथुमका, ९ खोटाङका, ५ ओखलढुंगाका, भोजपुर र सोलुखुम्बुका २र२ र संखुवासभाका १ जना छन् । १ हजार ९ सय ६५ पुरुषसहित प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १९ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया