Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ५ माघ २०७८ । देशभर आज सबैभन्दा बढी ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर परिक्षणबाट १८ हजार ७८ र एन्टिजेन परिक्षणबाट ५ हजार ३ सय ३१ जना गरी २३ हजार ४ सय ९ जनाको नमूना परीक्षण गर्दा एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नयाँ संक्रमित थप भएसँगै हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख ७७ हजार ७ सय १७ जना पुगेको छ ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा ६ सय १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १८ हजार १ सय ६० जना पुगेको छ । आज थप ४ जनाले कोरोना का कारण ज्यान गुमाएका छन् । यो सँगै कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय २८ जना पुगेको छ ।

अहिले नेपालमा ४७ हजार ९ सय २९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ४ सय ३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल १ सय २६ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । ४६ हजार ५ सय १५ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार ४ सय १४ जना संक्रमित रहेका छन् । यस्तै, १ सय ६९ जना संक्रमित आइ.सी.युमा र २८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा सहित १३ जिल्ला रहेका छन् । २ सय भन्दा बढि भएका जिल्लाहरुमा ५ जिल्ला रहेका छन् ।

 

तपाईको प्रतिक्रिया