Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

झापा, ४ माघ २०७८ । कोभिड-१९ विरुद्धको खोप कार्ड हराएमा प्रतिलिपि निकाल्न पाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोप कार्ड हराएमा खोप लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिक प्रतिलिपि निकाल्न पाइने जनाएको हो ।

स्वास्थ्य मन्त्रालयले कोभिड खोप दुबै मात्रा लगाएसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वस्थ्य शाखाबाट लिने, त्यस्तै जोन्सना एण्ड जोन्सनको खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने र पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments