Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ४ माघ २०७८ । पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर परिक्षणबाट १७ हजार ८ सय ७२ र एन्टिजेन परिक्षणबाट ४ हजार ९ सय ५६ गरी २२ हजार ८ सय २८ जनाको नमूना परीक्षण गर्दा एकैदिन १० हजार २ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ सय ६२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १७ हजार ५ सय ४७ जना पुगेको छ । थप एक जनासहित कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय २४ जना पुगेको छ ।

अहिले नेपालमा ३९ हजार ४४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार १ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल १ सय जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । ३७ हजार ८ सय २६ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ हजार २ सय १८ जना संक्रमित रहेका छन् । यस्तै, १ सय ५१ जना संक्रमित आइ.सी.युमा र २८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा झापा सहित १२ जिल्ला रहेका छन् । २ सय भन्दा बढि भएका जिल्लाहरुमा ६ जिल्ला रहेका छन् ।

तपाईको प्रतिक्रिया