Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं । प्रदेशसका सदस्यको निर्वाचन परिणाम आएको एकमहिना भित्र मुख्यमन्त्री नियुक्ति गरिसक्नु पर्ने कानुनी व्यबस्था रहेकाले सरकारले प्रदेश प्रमुख तोक्ने तयारी सुरु गरेको छ ।

स्वतन्त्र छवि भएका व्यक्तिहरुलाई प्रदेश प्रमुख बनाउनु पर्ने भएकाले प्रधानमन्त्री देउवाले कांग्रेस निकटहरुलाई प्रदेश प्रमुख बनाउने तयारी थालेका हुन् । उनले समाजसेवी अनुराधा कोइरालादेखि पूर्व सेनापति रुक्माङगद कटुवालसम्मलाई प्रदेश प्रमुख तोक्ने अन्तिम तयारी गरेको देउवा निकट एक स्रोतर्ले बतायो ।

स्रोतका अनुसार अनुराधा कोइराला, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, शिक्षाविद् केदारभक्त माथेमा, पूर्व प्रधान सेनापति रुक्माङगद कटुवाल, पूर्व न्यायाधिश राम नगिना सिंह लगायतलाई प्रदेश प्रमुख बनाउने प्रधानमन्त्री देउवाको तयारी छ ।

तपाईको प्रतिक्रिया