Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

झापा, २ माघ २०७८ । नेपालमा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार १ सय ३१ जनाको नमूना परीक्षण गर्दा थप ४ हजार ९ सय ६१ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ४ सय ३५ जना निको भएका छन् । ३ जनाको ज्यान गएको छ । थप ५ लाख ४३ हजार १२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिले २५ हजार ६ सय ८० जना कोरोनाका सक्रिय सङक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया