Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरादह, २ माघ । गौरीगंजबाट दमक तर्फ अबैध रुपमा लादै गरेका भारतीय माछा जिल्ला प्रहरी कार्यलय झापाको बिशेष टोलीले गौरादहबाट नियन्त्रणमा लिएपछि आइतबार ईलाका प्रहरी कार्यलय गौरादहमा डिस्पोज गरिएको छ।

गौरीगंजबाट छोटा हात्ती गाडीमा बिक्रीका लागि अबैध रुपमा दमक तर्फ लादै गरेका भारतीय माछा जिल्ला प्रहरी कार्यलय झापाको बिशेष टोलीले नियन्त्रणमा लिएको थियो। मे.१ च. ३६३२ नम्बरको छोटा हात्ती गाडीमा राखेर १६ कार्टुन ६ सय ४० के.जी. रहु, जल कपुर र अन्य जातका माछा रहेको गौरादहका प्रहरी प्रमुख रमेश वनले जानकारी गराए।

नियन्त्रणमा लिएका माछाहरु जनप्रतिनिधि, स्थानीय बासी, पत्रकारको रोहवरमा प्रहरीले ईलाका प्रहरी कार्यलय गौरादह परिसरमा खाल्डो खनी डिस्पोज गरिएको छ।प्रहरीको बिशेष टोलीले गस्तीका क्रममा गौरादहबाट नियन्त्रणमा लीएका माछाको अनुमानित मूल्य १ लाख ९२ हजार रहेको ईलाका प्रहरी कार्यलय दमकका प्रहरी प्रमुख नवराज कार्कीले जानकारी गराए।

तस्करहरुले भारतीय भुमिबाट नेपाल तर्फ बिक्रीका लागि आईसमा राखि ल्याएका माछाहरु मरिसकेको र मानव स्वास्थ्यमा समेत असर पर्ने भएकाले डिस्पोज गरिएको दमकका प्रहरी प्रमुख कार्कीले बताए। भारतीय क्षेत्रबाट नेपाल तर्फ प्रवेश गरेका माघुर जातका माछा पुर्ण रुपमा रोक लगाइए पनि अन्य जातका माछाहरु भन्सार तिरेर ल्याउन सकिने पशु क्वारेन्टाइन गौरीगंजका पशु प्राबिधिक मान बहादुर लम्जेलले बताए। खुल्ला सिमनाका कारण दक्षिणी क्षेत्रबाट अबैध रुपमा लुकाई छिपाइ भारतीय माछाहरु ल्याउने गरेको पशु प्राबिधिक लम्जेलको भनाइ छ।

तपाईको प्रतिक्रिया