Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, १ माघ २०७८ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ११३, बुढीगंगामा ८, रंगेली र सुन्दरहरैचामा २–२, ग्रामथान, उर्लाबारी, कटहरी र पथरीशनिश्चरेमा २, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा ४, दुहवी र हरिनगरमा २–२, इनरुवा र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको भद्रपुरमा ५, विर्तामोडमा ३, मेचीनगरमा २, बुद्धशान्ति, अर्जुनधारा, बाह्रदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीयतह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शनिबार १२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया