Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा,१ माघ २०७८ । नेपालमा गत २४ घण्टामा ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ४ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । परीक्षण घटे पनि संक्रमणदर भने आज उच्च देखिएको छ ।

काठमाडौंमा १५ सय ९१, भक्तपुरमा १ सय ४२ र ललितपुरमा ४ सय ८६ गरी जम्मा काठमाडौं उपत्यकामा २२ सय १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो संक्रमण दर झण्डै ३२ प्रतिशत हो ।

शुक्रबार २० हजार ५ सय ६० नमुना परीक्षण गर्दा ५ हजार ८७ संक्रमित थपिएका थिए। यो परीक्षणको तुलनामा झण्डै २५ प्रतिशत हो ।

यो अवधिमा ४ जनाको मृत्यु भएको छ भने ३ सय ५० जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको मन्त्रालयको विवरण छ ।

 

तपाईको प्रतिक्रिया