Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, ६ पुस २०७८ । आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

प्रदेश नं.१ को लागि न्यायाधीश भरत लम्साल प्रदेश नं. २ को लागि ब्रजेश प्याकुरेल, बागमती प्रदेशकोलागि डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशको लागि श्रीकृष्ण भटृराई, , लुम्बिनी प्रदेशको लागि रीतेन्द्र थापा, कर्णाली प्रदेशकोलागि राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशको लागि जयानन्द पनेरुलाई निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोगजनका लागि यही पुस १० गतेसम्म दल दर्ताका समय तोकेको छ । निर्वाचन कार्यक्रम अनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिदै छ । रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगले १ मनोनीत सदस्य बाहेक १९ जना सदस्यको निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।

 

तपाईको प्रतिक्रिया