Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १६ मंसिर २०७८ । भारतमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि भएको हो । भारतको कर्नाटक राज्यमा ४६ र ६६ वर्षका दुईजना पुरुषमा ओमिक्रोनको संक्रमण भेटिएको हो ।

सरकारका एक अधिकारीका अनुसार ती संक्रमित व्यक्तिहरु दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् । उनीहरुलाई सामान्य लक्षण मात्र देखिएको छ ।

तपाईको प्रतिक्रिया