Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

झापा, १६ मंसिर २०७८ । जाडोयाममा बन्द कोठा भित्र आगो बाल्दा निसास्सिएर मृत्यु भएका खबरहरु आउन थालेका छन् । जाडोमा कोठालाई न्यानो बनाउन झ्याल-ढोका थुनेर आगो बालेर सुत्दा वा तातोपानीले नुहाउन बाथरुममा गिजर बालेकै कारण ‘कार्बनमोनोअक्साइड पोइजनिङका कारण धेरैको मृत्यु नै हुने गरेको देखिन्छ भने केहीलाई समयमै उद्धार गरेर अस्पताल पुर्‍याउन सक्दा ज्यान जोगिएको पनि छ । चिकित्सकहरु चिसोमा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा बाथरुममा गिजर बालेर नुहाउँदा पर्याप्त मात्रामा स्वच्छ हावा आवतजावत गर्नका लागि झ्याल, ढोका वा भेन्टिलेसन खुला राख्न सुझाव दिन्छन् ।

ग्यास गिजर, हिटर वा मकलको प्रयोग गर्दा उत्पन्न हुने आगोले कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बनडाइअक्साइडको मात्रा बढ्छ । अक्सिजनको अभाव भएसँगै सोही क्रममा कार्बनमोनोअक्साइडसमेत बन्छ । रङ र गन्धहीन कार्बनमोनोअक्साइड अत्याधिक भएको स्थानमा धेरैबेर बस्दा मानिसको मृत्यु हुने गर्छ ।
तसर्थ हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ । कार्बनमोनोअक्साइड विषाक्तताबाट पीडित सबैजसोमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिने गर्छ । यो लक्ष्ण देखिएको केहीबेरमा पनि स्वच्छ हावामा ननिस्किए बेहोस नै भइन्छ र समयमा उद्धार नभए ज्यान जाने छातिरोग विशेषज्ञहरुले बताए ।

कार्बनमोनोअक्साड पोइजनिङका लक्षण :

टाउको दुख्ने
वाकवाकी लाग्ने
रिंगटा लाग्ने
झुम्म वा बेहोस नै हुने

कसरी जोगिनेर?

ग्यास गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने।
पाइपको माध्यमले तातो पानी बाथरूममा ल्याउने।
सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments