Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १२ मंसिर २०७८ । झापाको गौरादहमा कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ । भदौ महिनामा एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएका तथा असोज महिनामा भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाइने भएको छ । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आईतबार(आज)सूचना जारी गर्दै यहि मंसिर १५ र १६ गते खोप लगाइने जनाएको हो ।

यहि असोज महिनाको ८, ९ र १० गते पहिलो मात्रा लगाएकाहरुले मंसिर १५ गते गौरादह नगरपालिकाको भवन मा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । यस्तै, दोस्रो डोज खोप लगाउन छुट भएका व्यक्तिहरुलाई पनि खोप लगाइने जनाइएको छ । यसअघि भदौमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुलाई पनि खोप लगाइने गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, भदौ महिनामा एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएकाहरुका लागि मंसिर १६ गते गौरादह नगरपालिकाको भवनमा दोस्रो खोप लगाइने जनाइएको छ । खोप लगाउन आउँदा पहिलो मात्रा लगाएको खोप कार्ड लिएर आउनहुन आग्रह गरिएको छ । खोप लगाउने समय बिहान ११ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया