Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ३ मंसिर २०७८ । नेपालमा कोरोना संक्रमितको संख्या कम भएसँगै समाजका हरेक गतिविधि लयमा आउन थालेका छन् । पठनपाठनदेखि सरकारका महत्वपूर्ण बैठक मानिसको प्रत्यक्ष उपस्थितिमा हुन थालेका छन् ।

गत चैत्र महिनादेखि फैलिएको संक्रमणको दोस्रो लहर अघिल्लो महिनाको अन्त्यसम्म आइपुग्दा पाँच प्रतिशत तल झरेको छ । युरोपमा फैलिएको कोरोना संक्रमण नेपालमा देखिइसकेको डेल्टा भेरियन्ट नै भएकाले डराउनु नपर्ने चिकित्सकको तर्क छ ।

५० प्रतिशतसम्म पुगेर पुरै देशलाई चौपट अवस्थामा पु¥याएको कोभिड संक्रमणको दर यो अवस्थामा आउनुलाई कम जोखिमयुक्त मानिन्छ । काठमाडौं र ललितपुरमा ५ सय माथि सक्रिय संक्रमित छन् भने झापा, मोरङ, सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली गरी ९ जिल्लामा २ सय माथि सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

दोस्रो लहर फैलिएको ८ महिना अर्थात कार्तिकदेखि नै कम हुँदै गएको कोरोना संक्रमणको दर हाल ५ प्रतिशत कममा झरिसकेको छ । भदौदेखि नै केही कम हुदै गइरहेको संक्रमण दशैं तिहारको समयमा बढ्ने प्रक्षेपण गरिएको थियो । तर, प्रक्षेपण प्रक्षेपणमै सीमित हुनु नागरिकका लागि उत्साहको खबर बन्यो ।

अघिल्लो महिना देशभर १४ हजार ७ सय व्यक्ति मात्र संक्रमित भएका थिए । जसमा काठमाडौं उपत्यकाका ५ हजार ७ सय ३४ जना थिए । उपत्यकापछि बढी संक्रमित भेटिएका चितवन, कास्की, रुपन्देही, झापा, मोरङ र सुनसरीमा समेत संक्रमितको संख्यामा कमी आएको छ । १ महिनाको अवधिमा २ सय जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्यामा कमी आएको संक्रामक रोग विशेष डा। शेरबहादुर पुन बताउनुहुन्छ । यद्यपि अहिले पनि दैनिक ४र५ जनाको मृत्यु भइरहेकाले सचेत भने बन्नुपर्ने उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले समेत संक्रमणदर ५ प्रतिशत कम हुनु भनेको जोखिम कम हुँदै गएको बुझिने जनाएको छ । तर, यता संक्रमितको संख्या कम हुँदै गए पनि भेन्टिलेटर र आईसीयूमा उपचार गर्नेको संख्यामा भने कमी आएको छैन । अहिलेको अवस्थामा २ सय ८४ जना हाल क्रिटिकल केयरमा उपचाररत छन् ।

हाल संक्रमण बढेका केही देशमा डेल्टा भेरियन्ट नै देखिरहेका कारण पनि नेपालमा जोखिम नबढेको संक्रमण रोग विशेषज्ञ डा। शेरबहादुर पुनले जानकारी दिनुभयो । नेपालमा प्रभाव जमाइसकेको डेल्टा भेरियन्ट नै ती देशमा देखिएका कारण पनि तत्कालका लागि यहाँ जोखिम नदेखिएको उहाँको भनाइ छ ।

भाइरसविरुद्ध खोप लगाउनेको संख्या समेत बढिरहेका कारण पनि संक्रमण दर कम भएको विज्ञहरूको ठहर छ । अन्य विकसित देशको तुलनामा नेपालमा खोप लगाउने संख्या बढिरहेका कारण पनि संक्रमण फैलिन नपाएको हुनसक्ने उनीहरूको विश्लेषण छ । हाल दुवै डोज खोप लगाउनेको संख्या २५ प्रतिशत माथि छ ।ईमेजखबरबाट साभार

तपाईको प्रतिक्रिया