Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, २७ कार्तिक २०७८ । झापाको गौरादहमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । खोप लगाउने कार्यक्रम यहि असोज २९ गते सोमबार देखि सञ्चालन हुने भएको छ । गौरादह नगर स्वास्थ्य शाखाले शुक्रबार भेरोसेल खोपको दोस्रो मात्रा लगाउने सम्बन्धि सूचना जारी गर्दै खोप कार्यक्रम २९ र ३० गते २ दिन सम्म सञ्चालन गरिने जनाएको हो । यहि असोज ८, ९ र १० गते कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा लगाउन पाउने गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाइ सकेका सम्पूर्णले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड सहित तोकिएको स्थानमा आएर खोप लगाउन आउनुहुन आग्रह गरिएको छ ।

खोप लगाउनका लागि खोप संचालन हुने स्थानहरुमा सम्पर्क गरि यहि कार्तिक २९ गते वडा नं. १ का लागि गौरादह स्वास्थ्य चौकी, वडा नं. २ का लागि २९ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं. ३ का लागि ३० गते वडा कार्यालयको भवनमा, वडा नं. ४ का लागि २९ गते वडा कार्यालयको भवनमा , वडा नं.५ का लागि ३० गते महारानीझोडा स्वास्थ्य चौकी, वडा नं. ६ का लागि २९ गते कोहबरा स्वास्थ्य चौकी, वडा नं. ७ का लागि २९ गते जुरोपानी स्वास्थ्य चौकी, वडा नं. ८ का लागि ३० गते वडा कार्यालयको भवनमा र वडा नं. ९ का लागि २९ गते बैगुन्धुरा स्वास्थ्य चौकीमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।

खोप लगाउने समय बिहान १० बजेदेखि ३ बजेसम्म तोकिएको छ । यस्तै, उद्योग बाणिज्य संघमा खोपको पहिलो मात्रा लगाएकाहरुले कार्तिक २९ गते गौरादह स्वास्थ्य चौकीमा खोप लगाउन जानुहुन गौरादह नगर स्वास्थ्य शाखाले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया