Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

काठमाडौं, २५ कार्तिक २०७८ । नेपालमा थप ४ लाख ९२ हजार डोज कोरोना भाइरसविरुद्धको खोप आइपुगेको छ । कोभ्याक्स कार्यक्रम अन्र्तगत र स्वीट्जरल्याण्ड सरकारले प्रदान गरेका एस्ट्राजेनिकाको खोप नेपाल आएको हो । कोभ्याक्स कार्यक्रमअन्र्तगत ३ लाख ४८ हजार र स्वीट्जरल्याण्ड सरकारले प्रदान गरेको १ लाख ४४ हजार डोज खोप नेपाल आइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

खोप हाल टेकुस्थित भण्डार केन्द्रमा राखिएको छ । नेपालमा हालसम्म कोभ्याक्स कार्यक्रमअन्तर्गत जोसन, एस्ट्राजेकेका र कोभिशिल्ड गरी ३४ लाख ४९ हजार डोज खोप आइसकेको छ ।

अनुदान, खरिद र कोभ्याक्स कार्यक्रमअन्र्तगत गरेर हालसम्म २ करोड, २० लाख, ८० हजार डोज खोप नेपाल आएको छ ।

खोप धमाधम नेपाल आउन थाले पनि भण्डारणको उचित व्यवस्था नहुँद रेफ्रिजेरेटरयुक्त गाडीमै खोप राख्नुपर्ने अवस्था आएको छ ।

तपाईको प्रतिक्रिया