Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौं, १४ कात्तिक २०७८। नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार नेपाल आउँदै छ ।

कतार एयरवेजको नियमित उडानबाट आज बेलुका ८ बजे काठमाडौं खोप आईपुग्ने स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो ।

यसअघि दिउँसो एक बजे खोप आउने कार्यतालिका रहेको थियो । आज आउने खोप प्राथमिकताका आधारमा दिइने उहाँले बताउनुभयो ।
यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिड विरुद्धको खोप आइसकेको छ ।

तपाईको प्रतिक्रिया