गौरादह, १२ कार्तिक २०७८ । देशभर आज ५ सय ४९ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट हजार ७ हजार १ सय ४५ जना र एन्टिजेन परिक्षणबाट २ हजार ६ सय १ जना गरी कुल ९ हजार ७ सय ४६ जनामा कोरोना परिक्षण गर्दा ५ सय ४९ जना संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट ४ सय ९० जना र एन्टिजेन परिक्षणबाट ५९ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ११ हजार ८ सय ९७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ९४ हजार ४ सय २८ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ९ लाख ६ हजार ३ सय २५ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ५ सय ६९ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ९० हजार ३ सय ५८ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९७.३ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ४४ लाख ९ हजार ७ सय २७ जना र एन्टिजेन परिक्षणबाट ६ लाख ५६ हजार ३ सय ५७ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा ९ हजार ३ सय ७९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ सय ७२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले २ सय ४२ जना आई.सी.यु मा र ७८ जना भेन्टिलेटरमा रहेका छन् । २ सय १२ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, १० हजार १ सय ५१ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा १ लाख २५ हजार ५ सय २७ जनाले खोप लगाएको जनाइएको छ ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा ४ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । यस्तै, सक्रिय संक्रमितको संख्या शुन्य भएका जिल्ला मुगु रहेको छ ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५९ र निजी ४२ गरि १०१ वटा प्रयोगशालाहरु रहेका छन् ।






