गौरादह, ११ कार्तिक २०७८ । देशभर आज ५ सय ९१ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट हजार ८ हजार ८ सय ४८ जना र एन्टिजेन परिक्षणबाट २ हजार ५ सय ७ जना गरी कुल ११ हजार ३ सय ५५ जनामा कोरोना परिक्षण गर्दा ५ सय ९१ जना संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट ५ सय २७ जना र एन्टिजेन परिक्षणबाट ६४ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ११ हजार ४ सय ७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ९४ हजार ३ सय ६९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ९ लाख ५ हजार ७ सय ७६ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ६ सय ६४ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ८९ हजार ७ सय ८९ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९७.३ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ४४ लाख २ हजार ५ सय ८२ जना र एन्टिजेन परिक्षणबाट ६ लाख ५३ हजार ७ सय ५६ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा ९ हजार ४ सय १४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ८ सय २२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले २ सय ४८ जना आई.सी.यु मा र ८१ जना भेन्टिलेटरमा रहेका छन् । २ सय १४ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, १० हजार २ सय ३६ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा १ लाख १ हजार ४ सय ७५ जनाले खोप लगाएको जनाइएको छ ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा ४ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १० जिल्ला रहेका छन् । यस्तै, सक्रिय संक्रमितको संख्या शुन्य भएका जिल्ला मुगु रहेको छ ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५९ र निजी ४२ गरि १०१ वटा प्रयोगशालाहरु रहेका छन् ।






