Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

६ कार्तिक २०७८ । विश्वभर कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । अमेरिका, बेलायत र रुसमा संक्रमण उच्च रहेको छ ।

अमेरिका र रुसमा त संक्रमण दर मात्रै होइन मृत्यु दर पनि दैनिक १ हजारभन्दा बढी छ । अमेरिकामा पछिल्लो २४ घन्टामा झण्डै ७० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । यसैगरी बेलायतमा पनि केही दिनदेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिने क्रम जारी छ । रुसमा पछिल्लो २४ घन्टामा ३७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

रुसमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि जोखिम कम गर्न आगामी अक्टोबर ३० देखि एक साताका लागि बिदा दिने घोषणा गरिएको छ । संक्रमणको जोखिम बढेकाले आयरल्याण्ले पर्यटकका लागि होटेल क्वारेन्टिन अनिवार्य गर्नुका साथै थुप्रै प्रतिबन्धात्मक व्यवस्था लागू गरिसकेको छ ।

बेलायतले पनि संक्रमण नियन्त्रणका लागि देशभित्र प्रवेशमा कडाई गरेको छ ।

 

तपाईको प्रतिक्रिया