Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024
झापा(गौरादह), १९ कात्तिक । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरादहले झापाको बिर्तामोडमा आजबाट सेवा केन्द्र कार्यलय स्थापना गरी संचालनमा ल्याएको छ ।
१० बर्ष अघि झापाको गौरादहमा स्थापना भएको यस सहकारीले आफ्नो प्रथम शाखाको रुपमा सेवा केन्द्र बिर्तामोडमा बिस्तार गरेको हो ।
गत आर्थिक बर्षको असार मसान्त सम्ममा कुल शेयर पुँजी १ करोड ६ लाख ४१ हजार ६ सय रहेको सो सहकारी गौरादह नगरपालिका भन्दा बाहिर आफ्नो सेवाकेन्द्र संचालनमा ल्याउने गौरादहको पहिलो सहकारी बनेको छ ।
बिर्तामोड नगरपालिका वार्ड नं– ३ मा स्थापना गरिएको सेवा केन्द्र कार्यलयको उद्घाटन प्रमुख अतिथि संस्थाका शेयर सदस्य स्थानीय समाजसेवी ढक ब खड्काले गरेका थिए । संस्थाकोे सेवाकेन्द्र, सहकारीको आवस्यकता र महत्वका बारेमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति निर्मल बास्तोलाले प्रकाश पारेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सहकारी कर्मी स्थानीय बद्रि ओली लगाएतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष पुण्य सिक्देलले गरेका थिए । उद्घाटनका अवसरमा १५ जना शेयर सदस्यबाट २ लाख बढीको कारोबार भएको अध्यक्ष बाँस्तोलाले बताए ।
कार्यक्रम सहकारीका संचालक सदस्य तथा सेवा केन्द्र विर्तामोडका प्रमुख कर्णबहादुर देबकोटाले गरेका थिए ।
तपाईको प्रतिक्रिया