Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १२ असोज २०७८ । देशभर आज १ हजार १ सय ५८ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ११ हजार ६ सय ७२ जना र एन्टिजेन परिक्षणबाट २ हजार ३ सय ३१ जना गरी कुल १४ हजार ३ जनामा कोरोना परिक्षण गर्दा १ हजार १ सय ५८ जना संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट ९ सय ४ जना र एन्टिजेन परिक्षणबाट २ सय ५४ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ९३ हजार २ सय ७१ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ९१ हजार १ सय ८ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ८४ हजार ३ सय ७९ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १८ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७ सय ३४ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९६.३ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ४१ लाख ८६ हजार १ सय ७५ जना र एन्टिजेन परिक्षणबाट ५ लाख ७० हजार ७ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा १७ हजार १ सय २५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार २ सय ९७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ३ सय ६४ जना आई.सी.युमा र १ सय २० जना भेन्टिलेटरमा रहेका छन् । ३ सय २८ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, १८ हजार ४ सय २२ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८ हजार ९० जनाले खोप लगाएको जनाइएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २० जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १२ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ४१ गरि ९९ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया