Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ११ असोज २०७८ । मुलुकभर पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट १२ हजार ८१ जना र एन्टिजेन परिक्षणबाट ३ हजार ४ सय ७ जना गरी कुल १५ हजार ४ सय ८८ जनामा कोरोना परिक्षण गर्दा १ हजार २ सय ८२ जना संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट ९ सय ७५ जना र एन्टिजेन परिक्षणबाट ३ सय ७ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ९२ हजार ६ सय ३७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ९० हजार ८ सय ५४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ८३ हजार ४ सय ९१ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ६२ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ६२ हजार ४ सय १६ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९६.२ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ४१ लाख ७४ हजार ५ सय ३ जना र एन्टिजेन परिक्षणबाट ५ लाख ६८ हजार ४ सय ५ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा १७ हजार ५ सय ३५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ३ सय १३ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ३ सय ८५ जना आई.सी.युमा र १ सय २५ जना भेन्टिलेटरमा रहेका छन् । २ सय ५६ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, १८ हजार ८ सय ४८ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार ८ सय ७४ जनाले खोप लगाएको जनाइएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ४१ गरि ९९ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया